काठमाडौं- नेपाल फार्मेसी परिषद्ले नाम दर्ता परीक्षामा कसैको प्रलोभनमा नपर्न अनुरोध गरेको छ।
२३ औ नाम दर्ता परीक्षासम्बन्धी सूचना जारी गर्दै परिषदले भनेको छ, 'कुनै पनि व्यक्ति वा संस्थाले नाम दर्ता परीक्षामा सहयोग गर्ने, उत्तिर्ण गराइदिने जस्ता प्रलोभन दिएको अवस्था यस्ता भ्रममा नपरी तत्काल त्यस्ता संस्था तथा व्यक्तिको पहिचान गरी नेपाल प्रहरी वा नेपाल फार्मेसी परिषदमा उजुरी गर्न परिषद अनुरोध गर्दछ।'
परिषद्ले फार्मासिष्टको परीक्षा भदौ २३ गर्ते र सहायकको ३० गते संचालन गर्दैछ।
फार्मेसी परिषद्को नाम दर्ता परीक्षा योग्यता मापनको परीक्षा भएकोले परिषद्द्वारा जारी गरिएको पाठ्यक्रमका आधारमा तयारी गर्न परीक्षार्थीहरुमा अनुरोध गर्दै कुनै पनि व्यवसायीक प्रयोजनको लागि खोलिएको सघसंस्थामा परीक्षार्थीहरुको संलग्नतालाइ निरुत्साहित गर्ने नीति लिएको स्पष्ट पारेको छ।