धनगढी- धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसालिटी हस्पिटलमा उपचारका क्रममा बिरामीको मृत्यु भएको विषयमा आफन्त र अस्पताल प्रशासनबीच सहमति भएको छ।
सोमबार भएको वार्तामा आफन्त र अस्पताल प्रशासनबीच तीन बुँदे सहमति भएको हो।
वार्तापछि मृतकका एमबीबीएस अध्य्यनरत छोराको पढाई खर्च ब्यहोर्ने, मृतकको २ छोरीहरुको विवाह खर्च ब्यहोर्ने र उपचारमा संलग्न डाक्टर जोनस तिवारीलाई कारबाही गर्ने सहमति भएको आफन्त राजकुमार चौधरीले बताए।
पत्थरीका बिरामी कञ्चनपुरको बेलौरीका ऐजनलाल चौधरीको मृत्यु भएको विषयलाई लिएर आन्दोलित भएका आफन्तले सडक बन्द गराएका थिए।
पत्थरीको अप्रेसनपछि बिरामीको मृत्यु भएपछि...