काठमाडौं- प्रादेशिक अस्पताल भद्रपुरको मेडिकल सुपरिटेन्डेन्टमा डा रामबावु खडका नियुक्त भएका छन्।
वरिष्ठ कन्सल्टेन्ट (दशौं तह) सर्जन डा खडकालाई कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयले हाललाई निमित्त मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गरेको हो।
सोहि अस्पतालमा कार्यरत डा खडकालाई मेसुमा नियुक्त गरेको पत्र मंगलबा प्राप्त भएको जनाइएको छ। झापाको भद्रपुर १० चन्द्रगढी निवासी डा खडका चर्चित सर्जन हुन्।