काठमाडौं- काठमाडौं महानगरपालिका-१६ का वडाअध्यक्ष मुकुन्द रिजालको निधन भएको छ। बिहीबार बिहान उपचारका क्रममा ग्रान्डी अस्पतालमा उनको निधन भएको वडासचिव प्रकाश खड्काले जानकारी दिए।
अस्पतालले पनि उनको मृत्यु भएको पुष्टि गरेको छ। भाइरल निमोनियापछि गम्भीर भएका रिजाललकाे भेन्टिलेटरमा उपचार भइरहेको थियो।
'रगतमा रहेको प्लेटलेट्सको संख्या निकै कम भएपछि डेंगुको शंका गरिएको थियो। तर रगत परीक्षणका क्रममा डेंगु देखिएको थिएन,' अस्पतालका एक चिकित्सकले भने, 'भाइरल निमोनियपछि गम्भीर हुनुभएका उहाँको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो।'
नेपाली कांग्रेस काठमाडौं-७ का क्षेत्रिय सभापति समेत रहेका रिजाल केही दिनअघि अस्पताल भर्ना भएका थिए।