जाजरकोट- जाजरकोटको नलगाड नगरपालिका-१२ औलमुर्तास्थित भगवती स्वास्थ्य चौकीमा निर्माण भएको नवनिर्मित प्रसूति केन्द्रको भवन हस्तान्तरण र उद्घाटन गरिएको छ।
मंगलबार नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंह र केयर नेपालकी डेप्यूटी कन्ट्री डिरेक्टर मोना शेर्पाले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
नलगाड नगरपालिकाको समन्वयमा एलिसन कोरनेलको आर्थिक सहयोग तथा केएर नेपालद्वारा पहाडी क्षेत्र विकास अभियान जाजरकोटसँगको साझेदारीमा सञ्चालित दुर्गम समुदायमा मातृ स्वास्थ्य सेवाको पहुँचमा वृद्धि परियोजना अन्तर्गत उक्त भवन निर्माण गरिएको हो।
उक्त भवन निर्माणको जिम्मा पिआर एन्ड बिबि निर्माण सेवा खलंगा जाजरकोटले पाएको थियो। भवन निर्माणको काम २०७९ पुस १ गतेबाट सुरु भएको थियो। गत जेठ १७ गते निर्माण सम्पन्न भएको उक्त भवनको मंगलबार हस्तान्तरण र उद्घाटनसँगै गरिएको हो।
![nalsinggadh building1694531896.jpg](https://swasthyakhabar.com/uploads/posts/nalsinggadh building1694531896.jpg)