काठमाडौं- काठमाडौंको बसुन्धरास्थित ईशान महिला तथा बाल अस्पताल र शिखर इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ। अस्पताल र शिखर इन्योरेन्स कम्पनीबीच उपचारमा नगदरहित सेवा दिने सम्झौता भएको हो।
ईशान अस्पतालका कार्यकारी निर्देशक प्राडा रामानन्द चौधरीका अनुसार अस्पतालले स्वास्थ्य बीमाको प्याकेज अन्तर्गत रही नगदरहित सेवा प्रदान गर्ने छ।