काठमाडौं- प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्ड र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री प्रचण्ड र महानिर्देशक गेब्रेयसबीच न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा बिहीबार भेटवार्ता भएको हो।
भेटमा नेपाल र डब्लुएचओबीच हुँदै आएका आपसी सहयोगका विविध क्षेत्रबारे छलफल भएको छ। साथै जनस्वास्थ्यका विभिन्न विषयमा अझ प्रभावकारी सहकार्य गर्ने समझदारी बनेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।