काठमाडौं– एमाले सांसद गोकुलप्रसाद बाँस्कोटाले अस्पतालमा प्रयोग भएका उपकरणहरुको अनुगमन गर्नुपर्ने बताएका छन्।
बुधबार सार्वजनिक लेखा समितिको बैठकमा सांसद बाँस्कोटाले अस्पतालमा प्रयोग भएका उपकरणको नियमित अनुगमन गर्नुपर्ने बताए।
उनले अस्पतालले खरिद गर्ने तर प्रयोगको अवस्थाबारे त्यति ध्यान नदिने भन्दै उनले उपकरणको अनुगमन आवश्यक भएको बताए।
उनले सरकारी अस्पतालले नै बिरामीको रोग पहिचानको नाममा बाहिरी अस्पतालमा पठाउने गरेका कारण बिरामी मार्कामा परेका बताए।
उनले अस्पतालको उपकरणको अवस्था सरकारले ध्यान दिनुपर्नेमा जोड दिए। त्यस्तै सांसद बाँस्कोटाले दशैँको समयमा कृत्रिम अभाव गराइने गरेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए। उनले उद्योगीले पैसा लिएर वास्तविक उखु किसानलाई चाहिँ नदिने गरेको भन्दै रकम वास्तविक किसानले नै पाउनेगरी कार्ड वितरण गर्नुपर्ने बताए।
उनले चिनीमा पाउने सहुलियतमा समेत सिन्डिकेट भइरहेको भन्दै सो सिन्डिकेटलाई तोड्नुपर्ने बताए।
त्यस्तै बैठकमा एमाले सांसद अच्युत मैनालीले अनुदानको मल वितरणमा समस्या भएको भन्दै सो समस्या समाधान गर्नुपर्ने बताए। उनले अस्पतालले आवश्यकताको आधारमा नभई अतिरिक्त लाभको उद्देश्यले उपकरण किन्दा बेवारिसे भइरहेको बताए।
उनले सरकारी संस्थानहरुलाई प्रतिष्पर्धी बनाउनुपर्ने पनि बताए।