मानिसको जीवन कुमालेको चक्र जस्तै हो। शिशु, बाल, किशोर युवा प्रौढ तथा बृद्ध सबैको जीवनले भोग्नैपर्छ। जीवनको यो गोल चक्करमा हरेक मानिसलाई कुनै न कुनै रोग तथा शारीरिक समस्याले सताउँछ तर पनि सबै भन्दा बढी रोगले आक्रमण गर्ने भनेको बृद्धावस्था नै हो। जतिबेला आफ्ना लागि अरुको आवश्यकता हुन्छ त्यति नै बेला घरमा छोराछोरी, बुहारीको वा बलिया बाङ्गाको आवश्यकता पर्छ कतिपयलाई त त्यतिबेला सँगै मर्ने सँगै बाच्ने कसम खाएर विवाह गरेका जीवनसाथी पनि कि त मरिसककको हुन्छ कि त शिथिल बनेको हुन्छ। त्यतिमात्र हैन यो अवस्थामा आर्थिक उपार्जन केही गर्न सक्ने स्थिति पनि रहँदैन। उमेरमा कमाएको पनि बाँकी रहेको पनि हुँदैन।
यसरी सबैले टकटक्याएर रित्तो बनेको निरिह अवस्था र जीर्ण शरीर रहेको अवस्थामा राज्यले नागरिकहरुप्रति जिम्मेवारी बोध गर्दै केही सामाजिक सुधारको कार्यक्रमहरु ल्याएको छ। त्यसमा स्वास्थ्य बीमा महत्वपूर्ण कार्यक्रम हो। बिना लगानी जेष्ठ नागरिकलाई राज्ले स्वास्थ्य उपचारको ठेक्का लिनु ज्यादै प्रशंसनीय कुरा हो। आज त्यही कार्यक्रमको फाईदा लिएर जेष्ठ नागरिकहरु खल्तीमा एउटा बीमा कार्ड बोकेर सजिलो जीवन बाच्न पाएका छन्। एकातिर जेष्ठ नागरिक भत्ताले बाटो खर्च धानेको छ भने अर्कोतर्फ स्वास्थ बीमाले निःशुल्क उपचारको व्यवस्था मिलाई दिएको छ। यो राष्ट्रकै लागि एउटा गर्वको विषय हो।
के हो स्वास्थ्य बीमा?
स्वास्थ्य सेवाको खर्चलाई परिवारले धान्न सक्ने अवस्थामा ल्याउने, स्वास्थ्य समस्याका कारणले हुन सक्ने आर्थिक जोखिमलाई न्यूनीकरण गर्ने संयन्त्रलाई हो स्वास्थ्य बीमा। यो स्वास्थ्य सेवामा सबैको पुँच सुनिश्चित गर्ने बृहत् सामाजिक साझेदारीको अवधारणा हो। यसमा व्यक्ति समुदाय र सरकारको प्रत्यक्ष सहभागिता रहने गर्दछ। यसले बिरामी भएको बेला उपचारमा हुन सक्ने ठुलो खर्च धान्न कठिन नहोस भनेर पहिले नै योगदानको रकम मार्फत जोखिम व्यवस्थापन गर्न मद्दत गर्दछ। २०७२ साल चैत्र २५ गते कैलाली जिल्लाबाट सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम आजसम्म आईपुग्दा देशको ७७ जिल्ला र ७५२ वटै पालिका तथा वडा वडासम्म पुगेको छ। गुणस्तरीय स्वास्थ्य सेवाको पहुच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उदेश्यका साथ लागु गरिएको स्वास्थ्य बीमा कार्यक्रम यहाँसम्म आईपुग्दा निकै लोकप्रिय र प्रभावकारी बन्दै गएको छ।
योगदान कति?
यो कार्यक्रममा परिवारका सबै सदस्यहरुको सहभागिता हुनुपर्ने गरी पारिवारिक योगदानमा आधारित छ। ५ जनासम्मको परिवारले वार्षिक ३५०० योगदान रकम बुझाउनु पर्नेछ। परिवारमा ५ जना भन्दा बढी सदस्य भएमा थप प्रतिसदस्य रु ७०० का दरले थप्नु पर्नेछ। ५ जना परिवारको हकमा १ लाख सम्मको स्वास्थ्य सुविधा पाइने छ। ५ जना भन्दा बढीको हकमा २० हजारका दरले खर्चको सीमा बढ्दै जान्छ।यो सीमा अधिकतम् २ लाखसम्मको रहेको हुन्छ।
कस्तालाई छुट छ?
यो कार्यक्रम अति गरिब, अशक्त, अपाङगता भएका व्यक्ति कुष्ठरोगी, एचआइभी सङक्रमित एमडिआर टीबी बिरामी भएका परिवारका साथै ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई सतप्रतिशत एवंम् महिला स्वास्थ्य स्वयंसेविकाका परिवारलाई ५० प्रतिशत रकम योगदानको रकममा छुट हुने छ।
कसरी दर्ता हुने?
यो कार्यक्रम दर्ता गर्न स्थानीय वडाबाट छनोट भइ आएका दर्ता सहयोगीहरु घरदैलोमा नै पुगेर यसका बारेमा बुझाएर दर्ता गर्नेछन्। सेवाग्राहीहरु दर्ताका लागि कतै जानै पर्दैन। घरमा नै दर्ता सहयोगीहरु खोज्दैखोज्दै आउने छन् र दर्ता गरी परिवारका सदस्य पिच्छे छुट्टा छुट्टै परिचय पत्र दिएर जान्छन्। स्वास्थ्य सेवा लिन जाँदा त्यही परिचयपत्रका आधारमा सहजै रुपमा सेवा प्राप्त गर्न सकिने छ।
कस्तो किसिमको सेवा प्राप्त हुन्छ?
स्वास्थ्य बीमा कार्यक्रमबाट बहिरङग सेवा (ओपिडी) अन्तरङग सेवा (इण्डोर), निदानात्मक सेवा (एक्सरे , इसिजी, अल्टासाउण्ड , एमआरआई सिटिस्क्यान, रगतको जाँच..आदि लगायत सुचीकृत औषधीहरु पाइन्छ। यसका अतिरिक्त विभिन्न साना तथा ठुला शल्यकृयाहरुको सुविधा पाइन्छ। यति राम्रो सुविधा युक्त कार्यक्रममा सबै सचेत नेपालीहरुको सहभागिता रहनेक्रम जारी छ। झन जेष्ठ नागरिक अतिगरिब, अशक्त, अपाङगता भएका व्यक्ति कुष्ठरोगी, ज्क्ष्ख् सङक्रमित एमडिआर टी.बी. बिरामी भएका परिवारकाहरुको त जीवनआधार नै बनेको छ यो कार्यक्रम।
जेष्ठ नागरिक र गरिब र अपाङगता भएकाहरुलाई झनै बढी फाइदा
नेपाली युवा पुस्ताको विदेश पलायनले गाउँघर खाली भैरहेको छ। गाउँमा कि त बुढाबुढी कि त भुराभुरीमात्र रहने परिवेश सिर्जना भएको छ। श्रमशक्तिको यो विदेश पलायनले गाउघर नै पक्षघातले थलिएको वस्ती जस्तै भएको छ। गाउँमा अब जिउँदाको जन्ती र मर्दाको मलामी भन्ने कहावत नै फिका हुन थालेको छ। महिला केटाकेटीले लास बोकेको खबरहरु बाहिर आएको छ। गाउँ नै रित्तिरहेको यस्तो परिवेशमा मलामी बाहिरने जेष्ठ नागरिककको स्याहार सुसार गर्ने कसले? छोरो विदेश गए पछि बुहारी पनि बच्चा पढाउने नाममा बजार प्रवेश हुने रोगले गाउँ घरमा पुराना थोत्रा घर कुरेर जेष्ठ नागरिकहरुले थाकथलोको इज्जत राखेका छन्।
त्यसैले विदेश जाने छोराछोरीले पनि बाबुआमा परिवारको स्वास्थ्य बीमा गरिदिएको खण्डमा आपूmले हेरचाह औषधीमूलो गर्न नभ्याए वा नपाए पनि कमसेकम अस्पतालसम्म पुग्न सक्नेका लागि राज्यले उपचार औषधी त दिन्छ। त्यसका लागि पनि जेष्ठ नागरिकको स्वास्थ्य बीमा अत्यावश्यक नै भएको छ र यो प्रभावकारी पनि देखिएको छ। बृद्ध भएपछि जो सुकैले पनि विभिन्न प्रकारका औषधीहरुको नियमित सेवन गर्नु पर्ने हुन्छ। घरमै भएका छोराहरुमा पनि बाबुको उपचारका लागि खर्चको पिरलो भएन। खर्चको अभावमा छोराहरुको अग्रसरतामा लगाम लाग्ने भएन वा दाजुभाइमा तँ जा र तँ जाको जुवारी पर्ने पनि भएन। सके त बुबा आमा आफै लौरो टेकेर गोजीमा बीमाको परिचय पत्र हालेर लुखुलुखुर जान्छन् नभए पनि छोराहरुमा बोझ नभए पछि त्यति कर्म त सबैले खुशी साथ नै गर्छन्। घरमा छोराबुहारी, छोरी, नाति नातिना नहुनेले पनि छिमेकीको सहायता लिएर पनि अस्पतालसम्म पुगे पछि अरु कुरा राज्यले गरिदिन्छ । त्यसैले स्वास्थ्य बीमा कार्यक्रम जेष्ठ नागरिकहरुका लागि र सबै परिवारका लागि जँघारको लौरो जस्तै बनेको छ।
स्वास्थ्य बीमामा सहभागी हुनु भनेको आपूm बिरामी भए निशुल्क उपचार पाउनु र आपूm बिरामी नभए त्यो योगदानले अर्को बिरामीले उपचार गर्ने भएकाले पुण्य कमाउनु पनि हो। स्वास्थ्य बीमा एक पटक गरेर सधैका लागि हुन्छ भन्ने होइन। यसलाई वर्षैपिच्छे नवीकरण गराउनु पनि पर्छ। नवीकृत नभएका बिमितहरुको सेवा निस्कृय हुने भएकाले नयाँ बीमा गर्नु जत्तिकै महत्वपूर्ण रहेको छ नवीकरण। कतिपय मानिस भन्ने मेरो एक लाखमा २ हजार पनि खर्च भएन। त्यो अधिकतम् खर्चको सीमा भनेको राज्यले बोकेको दायित्व मात्र हो। हाम्रो लगानी भनेको त आपूm र अरु सबै बिरामीको साझा हितमा हुने खर्च हो भन्ने योगदानको रुपमा बुभ्mनु पर्छ र सहजकर्ताले पनि सोही रुपमा बुझाउन सक्नु पर्छ।
यो स्वार्थ र सेवा जस्ता विपरित शब्दहरुको संयोगले मिलेको कार्यक्रम हो। आपूm बिरामी हुदा उपचार पाइने आपूm विरामी नभए अरुका लागि दान हुने। मान्छेले राम्रोसँग बुझेभने कोही छुट्लान र? त्यसैले यस्तो राम्रो कार्यक्रममा कोही पनि छुट्नु भएन। कति राम्रो सेवासंग जोडिएको ,आपूmलाई उपचार नै गर्न नपरोस्। आपूmले योगदान गरेको रकमले अरुको उपचार होस् भन्ने पुण्य भाव मनमा रह्यो भने आपूm पनि स्वस्थ्य अरु पनि स्वस्थ्य।
अन्त्यमा,
स्वास्थ्य बीमाले केबल औषधी उपचार मात्र गरेको छैन। यसले त जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति गरिब, दीर्घ रोगी तथा अन्य रोगीहरुलाई बाच्ने प्रेरणा पनि दिएको छ। मान्छेहरु उपचारको अभाव, आर्थिक सङकट अभाव र पीडाले डिप्रेसनमा पुगेका थुप्रै घटनाहरु पनि छन्। परिवारिक झैझगडा तथा परिवारबाट अपमानित भएर घृणाको पात्र बनेर जीवनलाई बोझ मानेर आत्माहत्या गर्ने यस्ता सीमान्तकृत समुदायलाई राज्यले गरेको यो सुविधाले बाच्ने आशा पलाएको पनि छ।
जेष्ठ नागरिक भत्ता र स्वास्थ्य बीमा जस्ता लोककल्याणकारी कार्यक्रम वास्तवमै नेपाली समाजको मनोविज्ञान, चेतना, आर्थिक अवस्था, पारिवारिक संरचना, राज्यको स्रोत साधन, गरिबी र त्यसको असरले मौलाएको कुपोषण, उमेर अवस्थामा नै सुरु हुने बुढ्यौली, कथित जातीय भेदभाव, अन्धविश्वास ,कुरीति आदिका कारणले गर्दा अध्यारोको जँघार जस्तो गन्तव्यहीन कहालीलाग्दो जिन्दगीमा जङ्घारको लौरो बनेर आएको छ स्वास्थ्य बीमा। सुखमा सबैको हाई हाई, बिपत्तिमा कोही हुन्न् दाजुभाइ भन्ने पुरानो कहावतलाई बिपत्तिमा सरकार छ भन्ने दह्रो सहास र आडभरोसा नै बनेको छ स्वास्थ्य बीमा। सबैमा चेतना भया।
(लेखक स्वास्थ्य बीमा बोर्डकी सेवननिबृत्त पहेन अधिकृत हुन्।)