काठमाडौं - नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको छ। यही पुषमा हुने काउन्सिलको निर्वाचनका लागि उपाध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको हो।
उपाध्यक्षका लागि डा कालूसिंह खत्री, डा कुन्जाङ शेर्पा, डा गुरुशरण साह र अजयसिंह थापाको उम्मेदवारी परेको काउन्सिलले जनाएको छ।
निर्वाचनका लागि उम्मेदवारी दिने आज अन्तिम दिन हो। काउन्सिलमा एक उपाध्यक्ष र आठ सदस्यका लागि निर्वाचन हुन लागेको हो। सदस्यका लागि ३३ जनाको उम्मेदवारी परेको छ।