काठमाडौं- ३२ जना सहसचिवको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत ३२ जना सहसचिवको सरुवा गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव मदन कोइरालाको सरुवा भएको छ। उनको भुमी व्यवस्था मन्त्रालय अन्तरगत सरुवा भएको छ।
वीर अस्पतालका डा संजय कुमार ठाकुरको मधेस प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवमा सरुवा गरिएको छ। उनी ११ औ तहका चिकित्सक हुन्।
यस्तै गृहका सहसचिव ऋषिराज आचार्यको स्वास्थ्य मन्त्रालयमा सरुवा भएको छ।