काठमाडौं- श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालयले मन्त्रालय सम्हालेयताका सय दिनमा गरेका काम र उपलब्धि सार्वजनिक गरेका छन्।
मन्त्री अर्यालले प्राप्त नतिजा तथा प्रभावलाई ४ वटा बुँदामा राखेका छन् । जसमा वैदेशिक रोजगारीमा जाने श्रमिकको समय, श्रम, लागत र हैरानी न्यूनीकरण भएको, श्रम स्वीकृतिसम्बन्धी सेवा प्रवाह चुस्त र र प्रभावकारी भएको, सार्वजनिक सेवाप्रति नागरिकको विश्वास बढेको र श्रम स्वीकृति प्रक्रियामा हुनसक्ने ठगी नियन्त्रण भएको प्रगति विवरणमा उल्लेख छ।
प्रत्येक प्रदेशका दुईवटा अस्पतालहरुमा श्रमिक हेल्प डेस्क सञ्चालन प्रक्रिया अगाढि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरिएको बताएका छन्।
यसैगरी संघीय एवम् प्रादेशिक अस्पतालहरुमा अस्पतालको बेड क्षमताको आधारमा निश्चित संख्याका बेड श्रमिकका लागि समर्पित गरेर राख्ने व्यवस्थाको लागि सरोकारवाल मन्त्रालयसँग समन्वय गरिरहेको उल्लेख गरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रमिक हेल्थ डेस्क स्थापनाको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय र वीर अस्पतालमा सञ्चालनमा रहेको टेलिमेडिसिन सेवाको विस्तार तथा प्रभावकारिताको लागि आवश्यक व्यवस्था मिलाइएको उनले उपलब्धीको रुपमा उल्लेख गरेका छन्।
</p>