काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले आधारभूतदेखि विशिष्टिकृत सेवा जनतालाई सहजरुपमा दिन मन्त्रालयले सुधारको नीति बनाएर अघि बढेको बताएका छन्।
आगामी आर्थिक वर्षको बजेटबारे सांसदले उठाएका प्रश्नको संसदमा बुधबार जवाफ दिँदै यादवले स्वास्थ्य सेवा सुधारका लागि स्पष्ट दृष्टिकोण आवश्यक पर्ने भएकोले मन्त्रालयले कार्ययोजना बनाएर अघि बढेको बताए।
अस्पतालमा लाग्ने लाइन, फार्मेसीमा हुने औषधि अभाव लगाएतका समस्या समाधानका लागि मन्त्रालय गम्भीर भएर लाग्ने यादवले बताए।