दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले फार्मेसी र नाम दर्तासहीत बिलिङ काउन्टर थप गरेको छ। प्रतिष्ठानमा उपचार गर्न आउने बिरामीको संख्या पछिल्लो पटक दिनप्रतिदिन बढ्दै जाँदा नाम लेखाउने, बिलिङ गर्ने र औषधि किन्नेमा भिडभाड हुन थालेपछि त्यसलाई ध्यान दिँदै काउन्टर थप गरीएको प्रतिष्ठानका उपकुलपति डा. विकास लामीछानेले बताए।
अस्पतालमा भिडभाड हुँदा सेवा प्रवाहमा असहजता थपिएको बिरामीवाट गुनासो आएपछि त्यसलाई सम्बोन गर्ने प्रयास स्वरुप अहिले नयाँ फार्मेसी भवनमा ६ वटा काउन्टर थप गरिएको प्रतिष्ठानका प्राध्यापक श्याम लम्सालले बताए। यसअघि प्रतिष्ठानले ५ वटा काउन्टरवाट औषधि किन्न आउने बिमीहरुलाई सेवा प्रवाह गर्दै आइरहेकोमा त्यसलाई बढाएर लगिएको उनले बताए।
प्रतिष्ठानका फार्मेसी इञ्चार्ज अशोक सुवेदीले नयाँ फार्मेसी भवनमा जनशक्तिसहीत काउन्टर थप भएपछि बिरामीको सेवा प्रवाहमा थप सहजता आउने विश्वास ब्यक्त गरेका छन्। त्यस्तै प्रतिष्ठानमा उपचार गर्न आउने बिरामीहरुको नाम दर्ता र बिलिङमा थप २ वटा काउन्टर थपिएको छ।
नाम दर्ता र बिलिङमा पनि अत्याधि भिडभाड हुँदा सेवा प्रवाहमा थपिएको असहजतालाई सहज बनाउन काउन्टर थपिएको प्रतिष्ठानका कायमुकायम निर्देशक डा रमेश कँडेलले बताए।
फार्मेसिसहीत नाम र बिलिङमा अस्पताल प्रशासनले काउन्टर थपेपछि उपचार सेवा लिन आएका बिरामीले सेवा अव थप प्रभावकारी हुने बताएका छन्। हाल प्रतिष्ठानमा दैनिक ७ सय बढि विरामीले विभिन्न बिभागवाट विशेषज्ञ सेवा पाइरहेका छन्। पछिल्लोपटक अस्पतालमा नयाँ-नयाँ विशेषज्ञहरु आएर सेवा दिन थालेपछि प्रतिष्ठानमा विरामीकोे चाप ह्रवात्तै बढेको छ।