काठमाडौं- रेडक्रस अन्तर्राष्ट्रिय समिति (आईसीआरसी)का अनुसार गाँजास्थित उसको कार्यालयमा हमला हुँदा त्यहाँ शरण लिइरहेका २२ जनाको ज्यान गएको छ।
आईसीआरसीले विज्ञप्तिमा भनेको छ, 'शुक्रबार दिउसो भारी क्षमताको रकेट रेडक्रसको कार्यालय र आवास नजिकै खसेको थियो।'
उसले नागरिकको सहयोग गर्नु सबै पक्षको जिम्मेवारी रहेको जनाएको छ। भनिएको छ, 'हमलापछि हाम्रो कार्यालय क्षतिग्रस्त बनेको छ। यसको वरीपरी हाम्रा कयौं सहयोगीका साथै विस्थापितले टेन्टमा सहयोग लिएका थिए।'
घटनाका कारण रेडक्रस फिल्ड हस्पिटल नजिकै रहेका ठूलो संख्यामा मान्छेहरु हताहत भएका छन् । ४५ जना घाइतेको उपचार जारी छ ।