नयाँदिल्ली- भारतमा चिकित्सा शिक्षा प्रवेश परीक्षा (नीट)बाट पास भएका १५६३ जनाले आइतबार फेरि परीक्षा दिँदैछन् । नीट यूजी २०२४ को परीक्षामा ग्रेस मार्क्स पाएकाहरुले फेरि परीक्षा दिनुपर्ने भएको हो।
उनीहरु स्वभाविक रुपमा पास नभएको जाँचका क्रममा पाइएको छ। परीक्षा घोटलाका प्रकरणमा बिहारबाट केहीलाई नियन्त्रणम समेत लिइएको छ।
ग्रेस मार्क्स दिनेले उनीहरुले ढिलो पेपर पाएका कारण (लस अफ टाइम) ग्रेस मार्क्स दिइएको बताएका थिए। तर सुप्रिम कोर्टले उनीहरुको दाबी अस्वीकार गर्दै फेरि परीक्षा दिनुपर्ने फैसला सुनाएको हो।
फेरि परीक्षा दिन लागेका विद्यार्थीमध्ये ४४ जना टप ६७ भित्रका छन्। यो प्रकरणले भारतको मेडिकल प्रवेश परीक्षामाथि नै प्रश्न उठाएको छ।
नेसनल टेस्टिङ एजेन्सीमाथि नै प्रश्न उठेको छ।