काठमाडौं- नेप्लिज एसोसिएसन फर क्लिनिकल केमेस्ट्रीले संघीय सरकार तथा प्रदेश सरकारको मातहतमा रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठान, एकेडेमीहरुले हालै गरेको शिक्षकहरुको विज्ञापन प्रति गम्भीर ध्यानाकर्षन भएको जनाएको छ।
चिकित्सा शिक्षा आयोगको न्युनतम योग्यता सम्बन्धी मापदण्ड २०७९ अनुसार परिच्छेद दुई को ४ मा उल्लेख भएअनुसार न्युनतम योग्यता सम्बन्धित विषयमा स्नातकोतर उपाधि प्राप्त गरि सम्बन्धित काउन्सिलमा दर्ता हुनुपर्नेमा एमडी,एमएस वा समकक्षता भनी उल्लेख गरेको भन्दै सातवटै पेशागत संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
विज्ञापन चिकित्सा शिक्षा आयोगको न्युनतम योग्यता सम्बन्धी मापदण्ड २०७९ बिपरित भएकोले उक्त विज्ञापनहरु सच्याउन समेत उनीहरुको माग छ।