काठमाडौं- मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेस र स्मार्ट हेल्थ ग्लोबलको आयोजनामा डिजिटल हेल्थ सम्मेलन २०२४ सम्पन्न भएको छ। सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विशेषज्ञहरू, नीति निर्माता, अनुसन्धानकर्ता, चिकित्सक तथा जनस्वास्थ्य बिज्ञ, स्वास्थ्य शिक्षाकाबिद्यार्थीहरु सहभागी थिए। नेपाल डिजिटल एसोसिएसन र ला ट्रोब विश्वविद्यालय, अष्ट्रेलियाको सहआयोजना रहेको थियो।
डिजिटल स्वास्थ्यको आवश्यकता तथा भविष्यबारे राष्ट्रिय जनस्वास्थ्य नीति निर्माणमा टेवा पुर्या उन सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। स्मार्ट हेल्थ ग्लोबलका सीईओ मनोज खड्काले सम्मेलनले डिजिटल हेल्थको भविष्यमा प्रगति गर्ने मार्ग प्रशस्त गरेको बताएका छन्। आयोजकहरूले सबै वक्ताहरू, सहभागीहरू स्वयंसेवकहरू र साझेदारहरूलाई यस कार्यक्रमलाई डिजिटल नवप्रवर्तन मार्फत सुधारिएको स्वास्थ्य सेवाको यात्रामा एक महत्वपूर्ण उपलब्धि बनाउन मद्दत गरेकोमा उनले आभार प्रकट गरे। उनले भने, 'यहाँ भएका छलफल र प्रस्तुतिहरूमा देशमा स्वास्थ्य सेवा सुधार गर्न गरिएका डिजिटल हेल्थ, नवप्रवर्तन र परियोजनालाई प्रोत्साहन गर्नेछ।'
मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज सोल्टीमोड, काठमाडौंमा आयोजित हाइब्रिड कार्यक्रममा डिजिटल हेल्थ नवप्रवर्तन, चुनौतीहरू र अवसरहरूका बिषयमा छलफल केन्द्रित थियो।
मनमोहन मेमोरियल इन्सिच्युटका क्याम्पस प्रमुख डा धर्म प्रसाद खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यकमको प्रमुख अतिथि चिकित्सा शास्त्र अध्ययन संस्थानका सहायक डीन प्रा.डा. प्रेमराज ज्ञवालीले उद्घाटन गरेका थिए। विशेषगरी निम्न र मध्यम आय भएका देशहरूमा स्वास्थ्य प्रणालीहरूलाई परिवर्तन गर्न डिजिटल स्वास्थ्यको महत्त्व रहेको उनले बताएका थिए।
डिजिटल हेल्थको विश्वव्यापी दृष्टिकोण पहिलो सत्रमा ला ट्रोब विश्वविद्यालयका विशेषज्ञहरू डा युरोज रजा खान, डा माइकल र डा ताफीमले जिटल हेल्थको अवधारणा, प्रवृत्ति, अवसरहरू र चुनौतीहरूबारे विस्तृत प्रस्तुति राखेका थिए। त्यसैमाथि सहभागीहरुले छलफल गरिएको थियो ।
यसैगरी दोस्रो सत्रमा डिजिटल हेल्थ क्षमता निर्माण र नेतृत्व विषयमा विश्वास भट्टले आफ्नो प्रस्तुति राखेका थिए। प्रस्तुति नेपालमा डिजिटल हेल्थको क्षमता निर्माण र नेतृत्वमा केन्द्रित भयो। एडिनबर्ग विश्वविद्यालयका जय इभान्स र नेपालका डा एसपी कलौनीले आफ्नो विशेषज्ञता राख्दै डिजिटल हेल्थको नेतृत्वमा महत्त्वपूर्ण भूमिका खेल्ने कुरा प्रस्ट पारेका थिए।
अन्तिम सत्रमा नेपालमा डिजिटल हेल्थको परिदृश्य बारे विस्तृत जानकारी दिइएको थियो। प्रमुख वक्ता रमेश भट्टले यसबारे प्रस्तुति राखेका थिए। त्यसपछि पाटन एकेडेमी अफ हेल्थ साइन्सेस, स्मार्ट हेल्थ ग्लोबल, न्याय हेल्थ र डेंगु एपजस्ता विभिन्न संस्थाहरूले नेपालमा डिजिटल हेल्थ गतिविधिहरूमा संलग्न रहेको कुरा उल्लखे गरे।
प्यानल छलफल डिजिटल हेल्थ कार्यान्वयनमा भूस्तरीय चुनौतीहरू प्यानल छलफलले प्रमुख व्यक्ति सुदर्शन पौडेल (पीएएचएस), राम बहादुर बानियाँ बुढिगंगा नगरपालिकाका मेयर, लक्ष्मीप्रसाद यादव एनडीएका अध्यक्ष र सृजना देवकोटा (न्याय हेल्थ) थिए। संगम महत द्वारा सञ्चालित प्यानलले नेपालको डिजिटल हेल्थ कार्यान्वयनमा आधारभुत तहदेखि नीति कार्यान्वयनसम्मका चुनौतीहरूबारे प्रस्तुति दिएको थियो।
कार्यक्रममा विशेष अतिथि नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड (नेको नेपाल)का उपाध्यक्षद्वय सह प्राध्यापक जीवनप्रकाश शर्मा, इ गम्भिरलाल श्रेष्ठ, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्य सचिव डा प्रमोद जोशी, मनमोहन मेमोरियल शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा नास्तु शर्मा, पूर्व स्वास्थ्य सचिव महेन्द्र श्रेष्ठ, सुदूरपश्चिम स्वास्थ्य निर्देशानालयका पूर्वनिर्देशक डा गुणराज अवस्थी, मनमोहन मेमोरियल इन्ष्टिच्युटका बिभागिय प्रमुखहरु प्रा मन्दिरा वन्त, डा महेन्द्र प्रसाद भट्ट, डा खड्ग बहादुर श्रेष्ठ, मिजला बज्राचार्य लगायत स्वास्थ्य तथा डिजिट्ल क्षेत्रका विज्ञहरुको उपस्थिति थियो।