मुम्बइ- चर्चित भारतीय टिभी अभिनेत्री हिना खानलाई ब्रेस्ट क्यान्सर देखिएको छ। उनले शुक्रबार सामाजिक सञ्जाल मार्फत् उक्त जानकारी दिएकी हुन्।
उनले लेखिन्, 'हाल चलिरहेका अफवाहमा म तपाईंलाई जानकारी दिन चाहन्छु । म ब्रेस्ट क्यान्सरको तेस्रो स्टेजमा छु।'
हिनाले टिभी शो 'ये रिश्ता क्या कहलाता है' बाट पहिचान बनाएकी हुन्। उनी यसबाहेक बिग बोस ११ मा समेत देखिएकी थिइन्।
उनले आफ्नो उपचार सुरु भएको बताएकी छिन्। त्यसकारण अहिले आफू ठीक रहेको उल्लेख गरेकी छिन्। आफू बलियो रहेको र रोगबिरुद्ध डटिरहेको बताएकी छिन्। क्यान्सरलाई काबुमा राख्न आफू सफल हुने बताएकी छिन्।
उनले यसअघि नै क्रिप्टिक पोस्ट गरेर संकेत गरेकी थिइन्। जहाँ उनले युद्धको दाबी गरेकी थिइन। त्यसपछि सामाजिक सञ्जालबाट अलग्गिएकी थिइन् । उनी बिरामी भएको अनुमान त्यहीबेला लगाइएको थियो। अनेक प्रकारका हल्ला फैलिएका थिए।
उनी गत अप्रिलदेखि बिरामी थिइन्। उनले त्यही बेला आफूलाई स्वास्थ्य समस्या आइरहेको बताएकी थिइन्। पछि जँचाउँदा क्यान्सर पाइएको हव।