काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले निजी अस्पतालहरुले न्यून पारिश्रमिकमा नर्सहरुलाई काममा लगाउने गरेको रिपोर्ट मन्त्रालयसम्म आइपुगेको बताएका छन्।
सोमबार मन्त्रालयमा पत्रकारसँग छलफल गर्दै उनले यस्तो बताएका हुन्।
उनले नर्सहरुलाई न्यून पारिश्रमिकमा काम लगाउने अस्पतालका नाम थाहा भए,आफूलाई जानकारी दिन आग्रह पनि आग्रह गरेका छन्। मन्त्री यादवले आफू समग्र स्वास्थ्य क्षेत्रकै सुधारका लागि लागिपरेको समेत बताए।
निजी अस्पतालहरुले १० प्रतिशत बेड निशुल्क गरेपनि अन्य शुल्क लिएर बिरामी ठगिरहेको समेत उनलेबताए। आफू हाल सरकारी स्वास्थ्य संस्थाहरुको अनुगमनमा लागिरहेको बताउँदै मन्त्री यादवले निजी अस्पतालहरुको अनुगमनमा अर्को टिम बनाएर अगाडि बढ्ने स्वास्थ्यमन्त्री यादवले बताए।