काठमाडौं- नेपाल चिकित्सक संघको कोशी शाखामा डा राजेन्द्र चौधरीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ।
४ वर्षका लागि डा चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। कोशी चिकित्सक संघमा वरिष्ठ उपाध्यक्षमा डा नविन कुमार कर्ण, उपाध्यक्षमा डा शिलव सेन श्रीबास्तव, महासचिवमा डा बालकृष्ण साह चयन भएका छन्।
यस्तै कोषाध्यक्षमा डा सुनिल रेग्मी, स–सचिवमा डा रामकुमार यादव, सह– कोषाध्यक्षमा डा तेजेन्द्र कार्की नियुक्त भएका छन्।
यस्तै सदस्यहरुमा डा कोपिला अग्रवाल, डा प्रेक्षा दली, डा अमरकुमार यादव, डा रितेशकुमार सिंह, डा जीवनाथ धमला र डा राजाबाबु मण्डल चयन भएका छन्।
अध्यक्ष लगायत सबै पदका कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन्।