काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार मसान्तभित्र अस्थायी दरबन्दी स्वीकृत गराउन आफु मातहतका प्रतिष्ठान, विभाग तथा अस्पतालहरुलाई निर्देशन दिएको छ।
संघीय मामिला मन्त्रालयको पत्रानुसार असार मसमान्तभित्र अस्थायी संगठन संरचना दरबन्दी सिर्जना र जनशक्ति व्यवस्थापन निर्देशिका, २०६४ को व्यवस्था बमोजिम प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको हो।
मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै यस्तो निर्देशन दिएको हो।
'मन्त्रालय र अन्तर्गत संचालन हुने आयोजना/परियोजनामा आ.व. २०८१/८२ को लागि आवश्यक पर्ने अस्थायी दरवन्दी सिर्जना गर्ने सम्बन्धमा अस्थायी संगठन संरचना दरबन्दी सिर्जना र जनशक्ति व्यवस्थापन निर्देशिका, २०६४ को व्यवस्था बमोजिम यसै आर्थिक वर्षको असार मसान्तसम्म अनिवार्य रुपमा स्वीकृत गराउनु पर्ने भएकोले प्रक्रिया अगाडि बढाउन अनुरोध छ' मन्त्रालयले एक सूचना जारी गर्दै भनेकाे छ।