काठमाडौं- जनता समाजवादी पार्टीले सरकारबाट बाहिरिने विषयमा छलफल चलाएको छ। पार्टीकै एउटा पक्षले तत्काली राजीनामा दिएर नयाँ गठबन्धनलाई समर्थन गर्नुपर्ने बताएपछि पार्टीमा छलफल सुरु भएको हो।
पार्टी नेताहरु अझै निष्कर्षमा भने पुगिनसकेको एक नेताले बताए। 'पार्टीमा वर्तमान अवस्थालाई लिएर दुवैथरी कुरा आइरहेका छन्। सकेसम्म आजै एउटा टुंगोमा पुग्नेगरी शिर्ष नेताहरुबीच अनौपचारिक छलफल भइरहेको छ,' जसपाका एक नेताले भने।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई केही समय साथ दिनुपर्ने पनि केही नेताहरुले बताइरहेका छन्। पार्टी निर्माणका लागि प्रधानमन्त्रीका रुपमा प्रचण्डले खेलेको भूमिका पनि बिर्सिन नहुने उनीहरुको तर्क छ।