काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्यमा ९२ हजार कर्मचारीको माग गरेको बताएका छन्।
बिहीबार राष्ट्रिय सभामा बोल्दै मन्त्री यादवले अर्थ मन्त्रालयसँग ओएनएम गर्न निर्णय गर्दै ९२ हजार कर्मचारीको माग गरिएको बताए। अर्थ मन्त्रालयको सहमतीपछि कर्मचारी भर्ना प्रक्रिया अगाडि उनले बढाउने बताए।
अहिले स्वास्थ्य संस्थाले आवश्यकताका आधारमा करारमा कर्मचारी भर्ना गरिरहेको भन्दै त्यसमा बदमासी भए कारबाही गर्ने बताए।