काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको भेरी अस्पतालका रेडियोग्राफर खालिद अहमद सिद्दिकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सरकारी कागजात सच्याएर सार्वजनिक सम्पत्ति हानी गरी भ्रष्टाचार गरेको भन्दै बिहीवार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
करारमा कार्यरत सिद्दिकीले झुट्टा बिल पेश गरेर राजश्व छली गरेकाले उनीविरुद्ध मुद्दा दायर गर्नुपरेको अख्तियारले जनाएको छ।
सिद्दिकीले सेवाग्राहीबाट चेकजाँज तथा उपचारार्थ १२ हजार रुपैयाँ लिई अस्पतालको राजश्व खातामा जम्मा नगरेको पाइएको छ। बरु उनले व्यक्तिको सक्कली बिलमा सेवाग्राहीको नाम सच्याई थपघट गरेको अभियोगपत्रमा उल्लेख छ।