काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले राजीनामा दिएका छन्। उनको पार्टी जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अध्यक्षतामा रहेको जनता समाजवादी पार्टी नेपालबाट छुट्टिएर अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी गठन भएको थियो। उक्त पार्टीबाट स्वास्थ्य मन्त्री यादवका साथै बन तथा बातावरणमन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य राज्यमन्त्री हसीना खान छन्।
उपेन्द्रको पार्टी सरकारबाट बाहिरिँदा प्रदीप यादव सोही ठाउँमा स्वास्थ्य मन्त्री बनेका थिए। जसपाका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा बुझाइसकेका छन्। जसपाले नयाँ गठबन्धनमा सहभागी हुनेतर्फ छलफल चलाइरहेको छ। यादव स्वास्थ्य मन्त्रीमै दोहोरिने लबिङमा छन्।