झापा- झापाका स्वास्थ्य स्वयंसेविकालाई नसर्ने रोगको शीघ्र पहिचान र रोकथामसम्बन्धी अभिमुखीकरण गरिएको छ ।
स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले यहाँका चार पालिकाका एक सय ५० जना स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण गरिएको जानकारी दिए। कोशी प्रदेश सरकारको पाइलट कार्यक्रमअन्तर्गत झापाको गौरीगञ्ज, कचनकवल गाउँपालिका र गौरादह नगरपालिका तथा कनकाई नगरपालिकाका स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण गरिएको उनले बताए।
कार्यक्रममा सहभागीमध्ये एक वडाका दुई जना स्वयंसेविकालाई एक÷एक वटा ब्लड प्रेसर र सुगर नाप्ने मेसिन प्रदान गरिएको कार्यालय झापाका जनस्वाथ्य निरीक्षक विश्वनाथ श्रेष्ठले बताए।
स्वयंसेविकालाई जनस्वाथ्य निरीक्षक विश्वनाथ श्रेष्ठ, जनस्वाथ्य अधिकृत प्रकाश पाठक, ल्याटेनी युवनाथ बराल, चन्द्र शेखर, सम्बन्धित पालिकाका स्वास्थ्य शाखा संयोजकलगायतले अभिमुखीकरण गरेका थिए।