काठमाडौं- जनता समाजवादी पार्टीका मन्त्रीहरूले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।
जनता समाजवादी पार्टीबाट संघीय सरकारमा वन नवलकिशोर साह सुडी, स्वास्थ्य मन्त्री प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खान थिए। अब स्वास्थ्य मन्त्रालय पनि प्रधानमन्त्रीले नै सम्हाल्नेछन्।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले गत असार २१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै दुई मन्त्री र एक राज्यमन्त्रीले राजीनामा पनि बुझाएका थिए।
राजीनामा बुझाएको तीन दिनपछि उनीहरूको राजीनामा स्वीकृत भएको छ। उक्त मन्त्रालय अब प्रधानमन्त्री दाहालले नै हेर्नेछन्।