काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ। खरिद गरेको औषधि वितरण नगरी खेर फालेको भन्दै उनीविरुद्ध मुद्दा दायर गरेको हो।
आयोगले मंगलबार आर्थिक वर्ष २०७४/७५ मा औषधि खरिदमा भ्रष्टाचार गरेको भन्दै प्रशासकीय अधिकृत भवेशकुमार झा र तत्कालीन लेखापाल सुरेश कुमार कुसियैतविरुद्ध मुद्दा दायर गरेको हो।
स्वास्थ्य चौकीका लागि निशुल्क वितरण हुने ५७ प्रकारका औषधि खरिद गर्दा भुक्तानी आदेश र जिन्सी दाखिला प्रतिवेदनविनै भुक्तानी दिएको आयोगले दाबी गरेको छ।
उनीहरुले खरिद गरेको औषधि ६ लाख २० हजार बराबरको भएको अख्तियारको दाबी छ।