काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आम जनताले देखिने र बुझिने गरी आफू नेतृत्वको सरकार काम गरेको बताएका छन्।
प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले देशैभरका निजी र सार्वजनिक अस्पतालमा विपन्न नागरिकका लागि दैनिक करिब चार हजार निःशुल्क बेड सुनिश्चित गरिएको बताए।
उनले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरको निशुल्क परीक्षण र खोप सुनिश्चित गरिएको तथा अस्पतालहरूमा विशेषज्ञ सेवाको विस्तार गरिएको बताए।