काठमाडौं– कुपन्डोलमा रहेको प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिकले निस्ट कलेजका विद्यार्थीहरुलाई प्राथमिक उपचारको विषयमा प्रयोगात्मक अभ्यास कार्यक्रम सञ्चालन गरेको छ।
प्यासिफिकले निस्ट कलेजका स्नातक तहका दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरुलाई प्राथमिक उपचारको विषयमा प्रयोगात्मक कक्षा सञ्चालन गरेको हो।
सो कक्षामा करिब ६५ विद्यार्थीले प्राथमिक उपचारको विषयमा जानकारी लिएका छन्।
प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिकका चिकित्सक तथा नर्सको टिमले विद्यार्थीहरुलाई प्राथमिक उपचारका उदेश्य तथा फाइदा, प्राथमिक उपचार दिने व्यक्तिले ध्यान दिनुपर्ने कुराहरु, कस्ता बिरामीलाई प्राथमिक उपचारको आवश्यकता पर्छ?
बिरामीलाई कसरी प्राथमिक उपचार गर्ने? बिरामीलाई प्राथमिक उपचारका लागि कस्ता उपचार साम्रगी आवश्यक पर्छ? बिरामीलाई कसरी सिपिआर दिने? दुर्घटनामा परेको व्यक्तिलाई कसरी प्राथमिक उपचार दिने र अस्पताल पुर्याउने लगायतका विषयमा प्रर्दशन गरेका थिए।
प्यासिफिसले स्वास्थ्यका विभिन्न विषयमा नागरिकलाई सचेत गराउन सचेतनामूलक कार्यक्रमको आयोजना गर्दै आएको छ।