काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का शिक्षाध्यक्ष तथा नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष डा लोचन कार्कीलाई संयुक्त अधिराज्य (यूके)को स्कटल्याण्डस्थित एडिनवर्गमा रहेको रोयल कलेज अफ फिजिसयनले अवार्ड प्रदान गरेको छ।
डा कार्कीले रोयल कलेज अफ फिजिसयन अफ एडिनबर्गको अवार्ड प्राप्त गरेका हुन्। डा कार्कीले बिहीबार अवार्ड प्राप्त गरेका छन्। अवार्डका लागि उनलाई गत फेब्रुअरी ९ मा जानकारी दिइएको थियो।
डा कार्कीले अवार्डबाट थप चिकित्सा क्षेत्रमा काम गर्ने हौसला प्रदान भएको जानकारी दिए।
केही दिन अघि एडिनवर्गस्थित रोयल कलेज अफ सर्जनबाट दुई नेपाली शल्य चिकित्सकले अवार्ड पाएका थिए। डा कमल अर्यालले फेलो अफ फ्याकल्टी अफ सर्जिकल ट्रेनर्स (एफएफएसटिइडी) अवार्ड र डा भगवान कोइरालाले रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्ग (एफआरसीएसइडी) को अवार्ड प्राप्त गरेका थिए।
उनले चिकित्सा क्षेत्रमा ल्याउन योगदान गर्ने आफ्ना ठूलोबाबा चुडाबहादुर कार्कीकै प्रेरणाका कारण आफूले उपलब्धि हासिल गरेको भन्दै उनीप्रति सम्मान गरे।
डा कार्कीका ठूलोबाबा हाल यूनाइटेड किंगडम (यूके)मा नै छन्। वरिष्ठ मानसिक रोग विशेषज्ञ डा चुडाबहादुर यूकेमा रहेको नेप्लिज डक्टर्स एसोसिएसनका पूर्व अध्यक्ष समेत हुन्। हाल उनी बिरामी छन्। उनको उपचार भइरहेको डा कार्कीले जानकारी दिए।