काठमाडौं- नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले शुभकामना दिँदा माला, खादा नभइ स्वास्थ्य क्षेत्र सुधारका सुझाव दिन आग्रह गरेका छन्। सोमबार मन्त्रीको सपथ लिएपछि उनले यस्तो आग्रह गरेका हुन्।
'बधाई दिन आउनु हुने सम्पूर्ण प्रति मेरो सम्मान छ। यहाँहरुको सल्लाह सुझाव मैले विभिन्न रूपबाट लिने नै छु।' उनले भनेका छन्, शुभकामना दिन आउनुहुने सबैमा माला, खादा, उपहार जस्ता चीजहरु नल्याइदिनु हुन सबीनय अनुरोध गर्दछु। स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यक थप सहयोग सल्लाह र सुझावको अपेक्षा गर्दछु।'
यसैगरी उनले नयाँ जिम्मेवारी प्राप्त भएको छ र यस अवसरलाई नतिजा मुखी बनाउन सम्पूर्ण ऊर्जा लगाएर काम गर्ने बताएङ्का छन्।