काठमाडौं- काठमाडौं क्यान्सर कान, नाक र घाँटीको क्यान्सरबारे अभियान सञ्चालन गरेको छ। यही कुरालाई मध्यनजर गर्दै, काठमाडौं क्यान्सर सेन्टरले विशेष जागरूकता अभियान सुरु गरेको हो। यो अभियान असार ३० देखि साउन १२ गतेसम्म सञ्चालन हुनेछ।
'नेपालमा एक गम्भीर स्वास्थ्य समस्याको रूपमा देखा परेको छ। यो रोग समयमै पत्ता लगाएर उपचार गरिएमा निको हुन सक्ने र जीवन बचाउन सकिने अवस्था छ। तर धेरै मानिसहरू यसका लक्षणहरूबारे जानकार छैनन् वा जाँच गराउन हिचकिचाउँछन्,' सेन्टरले भनेको छ।
सबैका लागि खुला गरिएको अभियानमा विशेषगरी कान, नाक वा घाँटीमा कुनै असामान्य लक्षण भएका र अहिलेसम्म जाँच नगरेकाहरुले जँचाउन सक्ने बताइएको छ। नियमित स्वास्थ्य जाँच र समयमै उपचार नै क्यान्सरबाट बच्ने उत्तम उपाय रहेको अस्पतालको भनाइ छ।
सेन्टरले निःशुल्क कान, नाक र घाँटी जाँच, शल्यक्रियामा विशेष छुट र नाक र घाँटीको क्यान्सर बिरामीहरूको लागि फलोअप जाँचमा विशेष छुटको व्यवस्था सेन्टरले गरेको छ।
कान, नाक र घाँटीको क्यान्सरका सामान्य लक्षणहरू:
• घाँटीमा गाँठो वा सुनिएको भाग देखिनु
• निल्न वा श्वास फेर्न गाह्रो हुनु
• आवाजमा परिवर्तन आउनु वा स्वर बस्नु
• कान दुख्नु वा सुन्ने क्षमतामा कमी आउनु
• नाकबाट रगत बग्नु वा नाक बन्द हुनु
• मुखमा घाउ आउनु वा निको नहुनु