काठमाडौं- प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले विशेष छात्रवृत्तिमा स्वास्थ्यतर्फका विषय समेत समेट्ने कुरामा सहमति जनाएको छ।
नेपाल विद्यार्थी संघ (नेविसंघ)सँगको सहमतिमा विशेष छात्रवृत्ति कार्यक्रमका लागि तोकिएको जम्मा कोटा संख्या ४८० मध्ये स्वास्थ्य तर्फका कार्यक्रमहरुलाई समेत समावेश गरी भर्ना प्रक्रिया अगाडि बढाउने सहमति गरिएको हो।
यसैगरी परिषद् अन्तर्गतका आंगिक शिक्षालयहरुमा स्वास्थ्य कार्यक्रमहरु (नर्सिङ्ग, एच.ए., फार्मेसी)लाई सरकार अन्तर्गतका अस्पतालमा प्रयोगात्मक अभ्यासका लागि पठाउने विषयमा पनि संघसँग परिषद् एकमत भएको छ।
भनिएको छ, 'सातवटै प्रदेशहरुमा रहेका संघीय तथा प्रदेश मातहतका सरकारी अस्पतालहरुसँग प्रयोगात्मक अभ्यासका लागि द्विपक्षीय सम्झौता गरी यसै शैक्षिक सत्रबाट संचालन गर्न पहल गर्ने।'