काठमाडौं- सांसद शोभा ज्ञवालीले बर्दिया जिल्ला अस्पतालमा आइसियू सेवा सञ्चालन गराउनका लागि सरकारको ध्यानाकर्षण गराएकी छन्।
आज (मंगलबार)को प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद ज्ञवाली सरकारलाई उक्त विषयमा ध्यानाकर्षण गराएकी हुन्। त्यस्तै बर्दिया जिल्ला अस्पतालमा ९ जना चिकित्सकको दरबन्दी कायम रहेकोमा सबै पद रिक्त रहेकोले अस्पतालमा छिटो भन्दा छिटो चिकित्सकको व्यवस्था मिलाउन उनले माग गरिन्।
'अस्पतालमा डायलासिस सेवा सञ्चालनमा आएको छ, तर बाल रोग विशेषज्ञ हुँदा हुँदै पनि एनआईसियूको व्यवस्था नभएकोले उपचारमा कठिनाई भएको छ। यथासिघ्र समस्या समाधानका लागि सम्बन्धित निकाय र नेपाल सरकारको ध्यानाकर्षण गराउँछु', उनले भनिन्।