काठमाडौं- त्रिभुवन विमानस्थलमा नजिकै भएको सौर्य एअरलाइन्सका पाइलइटको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनास्थलबाट अस्पतालमा पुर्याइएका पाइलट ३७ वर्षीय मनिष शाक्यले आकस्मिक कक्षमा पुगे लगत्तै फोन मागेका थिए।
दुर्घटनामा घाइते पाइलट शाक्यको शरीरमा जलन भएको छैन। तर उनको शरीरमा विभिन्न स्थानमा भने चोट लागेको छ। उनको मुखबाट पनि रगत आइरहेको आकस्मिक कक्षमा कार्यरत एक चिकित्सकले जानकारी दिए।
ती चिकित्सकका अनुसार आकस्मिक कक्षमा आए लगत्तै पाइलट शाक्यले फोन मागेका थिए। 'मलाई फोन दिनुहोस्। म फोन गर्छु भन्नु भएको थियो। तर उहाँको शरीरमा चोट र रगत बगिरहेकाले तत्कालै उपचार सुरु गरियो। केही समयपछि फोन गर्न दिने छौं।'
ती चिकित्सकका अनुसार पाइलट शाक्यकको शरीरमा लागेका चोटहरुको जाँच र उपचार भइरहेको छ। 'शरीर जलेको छैन। चोट छ। रगत आइरहेको छ। उपचार भइरहेको छ,' ती चिकित्सकले भने।
प्रारम्भिक जानकारीअनुसार जहाज दुर्घटना हुँदा पाइलट बसेको ककपटिको भाग एयरपोर्टको माथिल्लो स्थानमा नै अड्किएको र जहाजको अन्य भाग तल खसेका कारण ककपिट जल्न पाएको थिएन। विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको बताइएको छ। अन्यको अवस्थाका बारेमा भने अझै आधिकारिक जानकारी आइसकेको छैन।