काठमाडौं- नेपालका ७३ जिल्लामा डेंगुका बिरामी फेला परेको छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रया महाशाखाका अनुसार नेपालका ४ जिल्ला बाहेकका सबै जिल्लामा डेंगुका बिरामी फेला परेका छन्। हालसम्म मुस्ताङ, हुम्ला, जुम्ला र डोल्पामा भने डेंगुका बिरामी फेला नपरेको महाशाखाले जनाएको छ।
नेपालभर १ हजार ८ सय २५ डेंगु संक्रमित हुँदा सबैभन्दा बढी डेंगु संक्रमित बागमती र कोशी प्रदेशमा फेला परेका छन्। काठमाडौँमा २०९ जना, झापामा १२९ , चितवनमा ९३ र मकवानपुरमा ७४ जनामा हालसम्म डेंगु संक्रमित फेला परेको महाशाखाले जनाएको छ।