काठमाडौं– सरकारले मुख्यसचिव नियुक्त गरेको छ। मन्त्रिपरिषद्ले कामु मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको छ। नेपालको प्रशासनिक इतिहासमा महिला मुख्यसचिव बनेको यो पहिलोपटक हो।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बागुरूङकाअनुसार मन्त्रिपरिषद्को बिहीबारको नियमित बैठकले उनलाई कामु मुख्यसचिवबाट बढुवा गरी मुख्यसचिव बनाउने निर्णय गरेको हो।
यसअघि उनलाई असार ३१ गते निमित्त मुख्यसचिवबाट कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो।
२०५२ सालमा न्याय सेवा अन्तर्गत कानुन समूहबाट शाखा अधिकृत बनेकी थिइन। उमेर हदका कारण उनी आउँदो भदौ १५ बाट सेवा निवृत्त हुनेछिन्।