काठमाडौं - सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यलाई खतरामुक्त भएपछि सघन उपचार कक्ष (आइसियू)बाट क्याबिनमा सारिएको काठमाडौं मेडिकल कलेजले जनाएको छ।
'उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ, आइसियूबाट क्याबिनमा सारिएपनि इन्फेक्सन हुनसक्ने भन्दै आफन्त तथा शुभचिन्तकलाई भेट गर्न दिएका छैनौं', काठमाडौं मेडिकल कलेजका डाइरेक्टर प्राडा मीना थापाले स्वास्थ्यखबरलाई भनिन्।
उनलाई आइसियूबाट हिजो राति नै सारिएको डा थापाले बताइन्। शाक्यको टाउको र शरीरमा चोट लागेकोले उनी केएमसीको आइसीयूमा उपचारत थिए।
सौर्य एयरलाइन्सको जहाज गत बुधबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु भएको थियो । क्याप्टेन शाक्य गम्भीर घाइते भएका थिए। घाइते क्याप्टेन शाक्यको टाउको र शरीरका केही भागमा चोट लागेको अस्पतालले जनाएको छ।