काठमाडौं- गत साउन ९ गतेदेखि काठमाडौं उपत्यकामा सञ्चालन भएको पोलियो खोप अभियान लक्ष्य भन्दा पनि बढी कभरेज भएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।
काठमाडौं जनस्वास्थ्य कार्यालयका प्रमुख डा अर्जुन सापकोटाका अनुसार १ लाख ८७ हजार १ सय २४ बालबालिकालाई खोप अभियानले समेट्ने लक्ष्य लिएकोमा १ लाख ९२ हजार ९ सय ८७ बालबालिकालाई खोप दिइएको हो।
'हामीले तय गरेको लक्ष्यभन्दा बढी बालबालिकालाई खोप अभियानले समेटेको छ','छुटेकाहरुहरुका लागि अझै खोप दिने तयारी छ',डा सापकोटाले भने।
काठमाडौंको ढलमा पोलियोको परिवर्तित भाइरस भेटिएको टुकुचा नदीको संगम स्थलको ढलमा पोलियोको परिवर्तित भाइरस भेटिएपछि सरकारले गत साउन ९ गतेदेखि पोलियोको विशेष खोप अभियान सञ्चालन गरेको थियो।
उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललिपुरका जन्मेदेखि ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकालाई लक्षित पोलियो खोप अभियान सञ्चालन गरिएको हो।