दाङ - राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञ चिकित्सकबाट युरोलोजी सेवा नियमीतरुपमा सञ्चालन भइरहेको छ।
प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा जनार्दन पन्थिले विशेषज्ञबाट नै युरोलोजि सेवा नियमीत रहेको जानकारी दिए। पन्थिका अनुसार गएको असार ३० गतेबाट असिष्टेन्ट प्रोफेसर डा सन्तोषकुमार झाले अस्पतालमा हाजिर भई सेवा नियमीतरुपमा दिइरहेको बताए।
नोबेल मेडिकल कलेज विराटनगरमा लामोसमयदेखि कार्यरत रहेका झा हालै मात्रै प्रतिष्ठानमा आएर साउन १६ गतेसम्म १७ बढी मिर्गौलमा पथ्थरी भएका बिरामीको दुरबिन विधिबाट अप्रेसन भइसकेको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले जानकारी दिए।
युरोलोजी सेवामा झा पुराना र अनुभवि चिकित्सक हुन्। युरोलोजी विशेषज्ञ डा झाले मिर्गौलाको पथ्थरीको अप्रेसनसहित प्रोष्टेड, गुप्त रोग, पिसाब थैली, पिसाब नली सम्बन्धी उपचार सेवा बिरामीले प्राप्त गर्ने जानकारी दिए।