सुर्खेत- सांसद राजीवविक्रम शाहको नेतृत्वमा नेपाली कांग्रेस कर्णाली प्रदेशमा सरकारमा सहभागी बन्ने भएको छ। उनको नेतृत्वमा कांग्रेसबाट सुरेश अधिकारी, घनश्याम भण्डारी र विजया बुढा मन्त्री बनेका छन्।
शाहले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने घनश्याम भण्डारीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
विजया बुढालाई जलस्रोत तथा ऊर्जा मन्त्रालय र सुरेश अधिकारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय दिइएको छ। नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम आजै हुने बताइएको छ।