काठमाडौं- केन्द्रीय कारागार अस्पतालले कैदीबन्दीमा स्वास्थ्य सेवाको पहुँचका लागि रोटरी क्लव अफ महाराजगन्जसँगको संयुक्त आयोजनामा कारागार कार्यालयका ३ सुधार गृह (महिला सुधार गृह,केन्द्रीय सुधार गृह र भद्र सुधार गृह) मा बिशेषज्ञ स्वास्थ्य शिविर संचालन गरेको छ।
जस अन्तरगत आँखा स्वास्थ्य, दाँत तथा मुख स्वास्थ्यको जनचेतना, सरसफाईमा ध्यान दिनुपर्ने कुरा, परामर्श, चस्मा तथा आवश्यक औषधि वितरण गरिएको छ।
साउन १२ गतेदेखि सञ्चालित उक्त शिविरमा प्रत्यक्ष रुपमा ३० देशका १ सय ४४ विदेशीसहित २ हजार ७ सय ३३ जनाले आँखा तथा दाँत परीक्षण र परामर्श सेवा लिएका छन्।
१ सय ८० जनाको दाँत सफा गरिएको साथै ९ सय ६५ जनालाई चस्मा वितरण गरिएको केन्द्रीय कारागार अस्पतालका प्रमुख डा प्रकाश बुढाथोकीले बताए।