काठमाडौं– आयुर्वेद स्वास्थ्यकर्मी समाजले बैकल्पिक चिकित्सालय मन्थली रामेछापको विज्ञापनप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।
प्रकाशित करार सेवामा लिने सूचनाको क्रम संख्या ५ को विज्ञापनमा बैद्य पदको सुरु नियुक्ति सहायक चौथो तहबाट हुने र न्युनतम शैक्षिक योग्यता मान्यताप्राप्त शिक्षण संस्थाबाट एसएलसी. उतीर्ण गरी एक वर्षको सहायक आयुर्वेद कार्यकर्ता कोर्ष उतिर्ण गरेको हुनुपर्ने छ।
तर कविराज पदको सुरु नियुक्ति सहायक पाचौं तहबाट हुने र न्युनतम शैक्षिक योग्यता मान्यताप्राप्त शिक्षण संस्थावाट आयुर्वेद विषयमा प्रमाणपत्र तह उल्लेख भएकोमा उक्त विज्ञापनमा वैद्य/कविराजसँगै उल्लेख गरि सूचना प्रकाशन गरिएको भन्दै समाजले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।
उक्त पद वैद्य चौंथो वा कविराज पाचौं कुन हो प्रष्ट खुल्नुपर्नेमा एकै डालोमा राखी विगतदेखि नै समग्र आयुर्वेद स्वास्थ्यकर्मीहरुमाथि मानमर्दन गर्न खोजिएको समाजको भनाइ छ।