काठमाडौं– नेपाल आर्थोप्लास्टी सोसाइटीको आयोजनामा घुँडा प्रत्यारोपण सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
यही श्रावण १९ गते निजामती कर्मचारी अस्पतालमा सम्पन्न गोष्ठीमा देशभरबाट ६० बढी प्रत्यारोपण विशेषज्ञ चिकित्शकहरुको सहभागिता रहेको थियो।
गोष्ठीमा प्रत्यारोपण सम्बन्धी नयाँ नयाँ खोज र प्रविधिका सम्बन्धमा ज्ञान र शिप आदानप्रदान गरिदिनुका साथै प्रत्यारोपणपछि मानिसको दैनिक जीवनयापनमा आउने परिवर्तनका विषयमा जानकारी दिइएको थियो।
संस्थाका महासचिव तथा प्रत्यारोपण विशेषज्ञ डा सुमनबाबु मरहट्ठाका अनुसार हाल नेपालमा वार्षिक करिब १००० जना मानिसले प्रत्यारोपण सेवा लिइरहेको र आगामी दिनहरुमा यो सन्ख्या अझै माथि जाने अनुमान गर्न सकिन्छ। कार्यक्रममा संस्था मार्फत यस् किसिमका गोष्ठीहरु निरन्तर सन्चालन गरिने जानकारी गराइएको थियो।