काठमाडौं– बागलुङको पहिरोमा परी घाइते एक जनाको राष्ट्रिय ट्रमा सेन्टरको आइसीयूमा उपचार सुरु गरिएको छ।बागलुङको पहिरोमा परी घाइते भएका तीन जनामध्ये गम्भीर घाइते एकजनाको आइसीयूमा उपचार सुरु गरिएको हो।
सेन्टरको आकस्मिक विभागका प्रमुख डा महेश कर्माचार्यका अनुसार पहिरोमा परी घाइते भएका १९ वर्षीया रिमा पुन, २५ वर्षीया सिता थापा र ४६ वर्षीया तुलसी बुढाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
जसमध्ये ४६ वर्षीया तुलसी बुढाको आइसीयूमा उपचार भइरहेको छ। उनको कम्मरको हड्डी भाँचिएको, मुत्रथैलीमा चोट लागेर रगत बगेको, देव्रे पाखुराको जोर्नीमा चोट र करङ भाँचिएकोछ।
बागलुङमा तीनै जना मंगलबार गएको पहिरोमा परेका थिए। उनीहरुलाई घटनास्थलमै स्थानीय स्वास्थ्यसंस्थाका स्वास्थ्यकर्मीले प्राथमिक उपचार गरेर बुधबार बिहान हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएको हो।
बागलुङ पहिरोः तीन जनालाई ट्रमा सेन्टर ल्याइयो, एक जनाको अवस्था गम्भीर