काठमाडौं- नेपाल-चिकित्सक समाजको उत्तरदायित्व नेपाल, विद्यार्थी अध्याय (पीएसआरएन-एससी)ले 'अभियान नवजीवन' स्तनपान सचेतना अभियान सम्पन्न गरेको छ। बुढानिलकण्ठ नगरपालिकाको वडा नं. ८ स्थित अल्फा परिसर अगाडि आयोजित कार्यक्रमले मातृ र बाल स्वास्थ्य प्रवर्द्धन गर्न शिक्षा र स्वास्थ्य सेवाहरू प्रदान गर्ने लक्ष्य राखेको थियो।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका स्ववियु अध्यक्ष डा आनन्द सिंहसहित यस कार्यक्रमको प्रोजेक्ट हेड प्रिन्स बर्णवाल, प्रोजेक्ट म्यानेजर यज्ञ राज शर्मा र आयुष्मा काफ्ले र प्रोजेक्ट कोअर्डिनेटर मनोज तामाङ रहेका थिए।
अभियानका क्रममा स्तनपानको महत्त्व र फाइदाहरूका बारेमा जानकारी गराइएको थियो। प्रभावकारी स्तनपानका पद्धतिबार जानकारी गराउन विभिन्न प्रदर्शनी गरिएको छ। यस्तै स्तनपानसम्बन्धी चलिआएका भ्रमहरुलाई प्रष्टाउने कोशिस गरिएको थियो। दूध भण्डारण र सुरक्षित पान गराउने सम्बन्धी जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ।
यस कार्यक्रमका क्रममा स्वास्थ्य जाँच पनि गरिएको थियो। जहाँ रक्तचाप, सुगर, बीएमआई र आनथ्रोपमेट्री पनि जाँच गरिएको थियो। कार्यक्रममा वडा नं. १० का अध्यक्ष नवराज भट्टराई र बुढानिलकण्ठ नगरपालिका प्रवक्ताले ऐक्यबद्धता जनाएका थिए।