दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक जना नवजात शिशुलाई ५४ दिन भन्दा बढी एनआइसियूमा राखि चिकित्सकहरुले उपचार गरेर बचाउन सफल भएका छन्।
प्युठान मल्लरानी गाँउपालिका घर भएका दम्पतिबाट जन्मिएका बच्चा अत्यन्तै स्वास्थ्य अवस्था नाजुक रहेको अवस्थामा चिकित्सकहरुले अत्यन्तै मेहनतबाट गरीएको उपचारपछि शिशुलाई बचाउन सफल भएका हुन्।
बच्चा जन्मदा ६ महिनाको आमाको कोखबाट (२८ देखि २९ हप्ता)को कलिलो अवस्थामा शल्यकृया गरेर निकालिएको थियो। आमाको अस्वस्थ अवस्थाका कारण शल्कृया गरेर बच्चा चिकित्सकहरुले निकालेका हुन्। बच्चाको अवस्था दिन प्रतिदिन सुधार भएपछि उनका आमाबुवाले प्रतिष्ठान परीवारसहित चिकित्सकको टोलीलाई धन्यवाद दिएका छन्।
शिशु जन्मदाको तौल १ किलोको रहेपनि अहिले बढेको उपचारमा संलग्न चिकित्सक, बाल रोग विशेषज्ञ डा दिपकराज पौडेलले बताए। शिशु जन्मीनासाथ पेटमा, फोक्सोमा रगत बग्ने, जन्डीससहित श्वासप्रश्वासमा धेरै समस्या देखीएको र अहिले बच्चामा सुधार आइरहेको डा पौडेलले बताए। त्यस्तै रोल्पा निवासि ३४ हप्ताको वच्चाको पनि लामो समयको उपचारपछि बचाउन सफल भएको उनले बताए। नर्सिङको स्याहार, सुसार, चिकित्सकको मेहनतपुर्वकको उपचारका कारण नवजात शिशुको उपचारका लागि प्रतिष्ठान भरपर्दो र विश्वासिलो बन्दै गएको छ। हाल प्रतिष्ठानमा एनआइसियू र पिआइसियू गरेर १६ वेड सञ्चालनमा छन।
बिरामीका आफन्तहरुले एनआईसियू र पिआइसियूको वेड थप बढाउन प्रतिष्ठानलाई आग्रह गरेका छन्। एनआइसियू इञ्चार्ज प्रतिभा भण्डारीले पछिल्लो पटक एनआइसियू र पिआइसियूमा नवजात शिशुसहित बच्चाको उपचार अत्यन्तै राम्रो हुँदै गएको बताइन्