काठमाडौं- डा प्रिति मिश्र सम्पर्कविहीन भएपछि गृह मन्त्रालयले सूचना जारी गरेको छ।
प्राविधिक प्रहरी निरीक्षक (इन्सपेक्टर) डा प्रिति मिश्र मातहतको निकायबाट सम्पर्कविहीन भएपछि गृह मन्त्रालयले शुक्रबार सूचना जारी गरेको हो।
नेपाल प्रहरी अस्पताल, सर्जिकल शाखामा दरबन्दी भई मधेश प्रदेश प्रहरी अस्पताल सप्तरीमा कार्यरत उनी पर्साको साविक हरिहरपुरकी हुन्।
गत वैशाख १० गतेदेखि १५ दिनको घर बिदा स्वीकृत गराई बिदा बसेकोमा हालसम्म पनि सम्पर्कमा नआएको भन्दै मन्त्रालयले हाजिर हुन आउनेसम्बन्धी सात दिने सूचना जारी गरेको हो।